लुम्बिनी

बन्दकै बिच सडकमा निस्के सेनाका बख्तरबन्द गाडी

बिक्रम खड्का |
माघ २२, २०७७ बिहीबार १२:२२ बजे

बुटवल : लुम्बिनी प्रदेशमा बन्दको बिहानैदेखि बन्दको प्रभाव परेको छ । दाहाल–नेपाल समूहको आम हड्तालको असर प्रदेशका मूख्य सहरहरूमा परेको छ । बन्द प्रभावकारी बनाउन दाहाल–नेपाल समूहका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडीहरूलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परीक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरू बोकेका सवारीहरू रोकिएका छैनन् । 

बन्दकर्ताहरू नै त्रसिनेगरी बुटवलमा सेनाले बख्तरबन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । एक्कासी बख्तरबन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए । 


सेनाले बख्तरबन्द गाडी देखाएर डराउन खोजेको एक बन्दकर्ताले आरोप लगाए । बुटवल बेसक्याम्पस्थित सैन्य व्यारेकबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । 

यसबारे भने आन्तरिक जानकारी आफूहरूलाई नभएको नेपाल प्रहरीका जवानले बताए । आर्मीले यसबारेमा केही बोलेको छैन । तर एक सेनाका अधिकारीका अनुसार बख्तरबन्द गाडी नियमित जस्तै अध्यासका लागि निकालिएको हो ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x