लुम्बिनी

चाडबाडको समयमा आउने-जानेको लर्को, जमुनाह नाकामा भिडभाड बढ्याे

नमस्कार शाह |
कात्तिक २३, २०७७ आइतबार ७:३५ बजे

नेपालगञ्ज : भारत जाने र आउनेकोे संख्या बढेपछि नेपाल भारत सीमा नाका जमुनाहमा भिडभाड हुन थालेकाे छ । चाडबाडको समयमा आउने जानेको संख्या बढेपछि नाकामा भिडभाड बढेको हो । 

कोभिड १९ का कारण सरकारले कार्तिक ३० गतेसम्म नेपाल भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । तर भारतीय जमुनाह नाका खुला हुँदा त्यसको असर नेपालमा समेत परिरहेको छ । भारतीय सीमा नाकाबाट निर्वाध रुपमा आवागमन हुँदा भिडभाड बढेको स्थानीय बताउँछन् । 


सीमामा भिडभाड बढेपछि ब्यवस्थापन गर्न सीमा प्रहरीलाई समेत सकस भएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक बिष्णु गिरीले बताए । उनी आफै फिल्डमा खटिएका छन् ।  

आवश्यकता भन्दा कम जनशक्ति रहेकोले भिड व्यवस्थापनमा चुनौती थपिएको गिरीले बताए ।  अत्यावश्यक काम बाहेकका मानिस पनि सीमामा आवतजावत गर्ने भएका कारण भिड बढेको उनको भनाइ छ । 

उनले अनावश्यक रुपमा सीमामा आवतजावत नगर्न समेत सर्वसाधारसँग् अपिल गरे । सीमामा हाल नेपालीलाई नागरिकता र भारतीयलाई आधार कार्ड देखाएर आवतजावत गर्न दिइएको छ । त्यस्तै औषधि उपचार, अन्तिम संस्कार र विवाह लगायतका अत्यावश्यक काममा लागि पनि दुवै देशका नागरिक आवतजावत गर्न पाउँछन् । 


Author

थप समाचार
x