कर्णाली

वीरेन्द्रनगरको बजेट ३ अर्ब २ करोड ६१ लाख

इकागज |
असार १०, २०८० आइतबार १८:१२ बजे

सुर्खेत- आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि  वीरेन्द्रनगर नगरपालिकाले ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाले आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरेको छ भने नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरेकाे छ ।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै बजेटले विशेष गरी पूर्वाधार शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता दिएको जनाए । ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले सोहीका आधारमा रहेर बजेट ल्याएको छ ।


यस्तै नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमहरू समेटिएका छन् ।


Author

थप समाचार
x