कर्णाली

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

इकागज |
असार १३, २०८० बुधबार ७:२४ बजे

फाइल तस्बिर

सुर्खेत- आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ ।

प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बोलाइएको छ । 


प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ । 

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
 


Author

थप समाचार
x