कर्णाली

नेकपा एस सुर्खेतका अध्यक्ष बडुवालसहित ६५ नेता एमालेमा समाहित

इकागज |
भदौ ६, २०८० बुधबार १८:१८ बजे

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवाल नेकपा एमालेमा फर्किएका छन् । उनीसहित नेकपा (एस) का ६५ जना नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका हुन्। । उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

एमालेमा फर्किनेहरुमा बडुवाल नेतृत्वको नेकपा (एस) जिल्ला कमिटीका धेरैजसो पदाधिकारीहरु पनि रहेका छन् । बडुवाल एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए । नेकपा एमाले विभाजन हुँदा उनी माधव नेपालको नेतृत्व पक्षमा उभिएका थिए । ०७९ को निर्वाचनमा उनी नेकपा (एस) बाट


सुर्खेतको निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए । बागी उम्मेदवारी दिएका उनी उक्त निर्वाचनमा पराजित भएका थिए ।
 


Author

थप समाचार
x