कर्णाली

कर्णालीमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी शाहीलाई

इकागज |
भदौ १५, २०८० शुक्रबार १५:३९ बजे

सुर्खेत- कर्णाली प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मंगलबहादुर शाहीलाई दिइएको छ । मुख्यमन्त्री राजकुमार शर्मा स्विट्जरल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा शाहीलाई तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख तिलक परियारले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत रहेका शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रदेश प्रमुख परियारले संविधानको धारा १६६ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्  ।


मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि २ सम्म स्विट्जरल्यान्डको जुरीचमा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि गएका छन् ।  बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेको थियो । 


Author

थप समाचार
x