कर्णाली

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
असोज ८, २०८० सोमबार ९:११ बजे

तुलसीपुर- सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । 

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप  आज बिहान  कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए ।  


जीप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 


Author

थप समाचार
x