कर्णाली

एमाले कर्णाली प्रदेशकाे अधिवेशन सुरु, अध्यक्ष ओलीद्धारा उद्घाटन

इकागज |
असोज १०, २०८० बुधबार १७:८ बजे

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका छन् । आजदेखि वीरेन्द्रनगरमा सुरु भएको अधिवेशनको वलीले उद्घाटन गरेका हुन् । 

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 


अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ । दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।
 


Author

थप समाचार
x