कर्णाली

एमाले कर्णाली अधिवेशन : यस्तो छ निर्वाचन तालिका

इकागज |
असोज १२, २०८० शुक्रबार १८:४२ बजे

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नेतृत्वका आकांक्षीहरूबीच सहमति नजुटेपछि अन्तिम विकल्पका रूपमा मतदान प्रक्रिया सुरु गरेको छ । प्रथम प्रदेश अधिवेशन निर्वाचन कमिटीद्वारा प्रस्ताव गरेको निर्वाचन तालिका बन्दसत्रले पारित गरेको हो ।

निर्वाचन तालिका अनुसार अहिले तीन बजे मतदाताको नामावली प्रकाशन, ३ः०० बजेदेखि ३ः३० सम्म मतदाता नामावलीमाथि दावी विरोध, ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, ४ः३० देखि ६ः३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।


यसैगरि ६ः३० बजे दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन, ७ः३० – ८ः४५ सम्म उम्मेदवारमाथि उजुरी उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ९ः०० देखि गर्ने भएको छ ।

यसैगरी राति ९ः३० बिहान ८ः०० उम्मेदवारी फिर्ता, ९ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र १२ः३० बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । प्रमुख खनालका अनुसार प्रदेश पदाधिकारीका लागि पाँच सय रुपैयाँ र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैयाँ रकम तोकिएको छ ।

प्रमुख खनालका अनुसार प्रदेश पदाधिकारीका लागि पाँच सय रुपैयाँ र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैयाँ रकम तोकिएको छ ।


Author

थप समाचार
x