कर्णाली

तनावग्रस्त बन्यो वीरेन्द्रनगर, सडकमा उत्रिए मृतक बालकका आफन्तहरू

इकागज |
असोज १३, २०८० शनिबार १३:३८ बजे

सुर्खेत । दुुई बालकको मृत्युलाई लिएर उनीहरुका आफन्तहरु आन्दोलन र तोडफोडमा उत्रिएका छन् । ८ वर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका छन् ।
 

त्यसैगरी मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको विषयलाई लिएर उनका आफन्तहरु पनि आन्दोलनमा उत्रिएका छन् । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेको  प्रहरीले जनाएको छ । 


वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

अहिले आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलनका कारण  वीरेन्द्रनगर बजार अशान्त छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताएका छन् ।
 


Author

थप समाचार
x