कर्णाली

एमाले कर्णाली प्रदेश अधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन जारी

इकागज |
असोज १४, २०८० आइतबार १६:३८ बजे

सुर्खेत- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदान जारी छ । नयाँ नेतृत्व चयनका लागि वीरेन्द्रनगरस्थित सिटी हलमा निर्वाचन भइरहेको छ ।

१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।


बुधबारदेखि सुरु भएको अधिवेशन आज दिउँसो मात्रै नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । मतदानको समय धेरै पटक सारिएको भन्दै प्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन् । मतदान जारीसँगै प्रतिनिधि र समर्थकहरुले आफ्नो उम्मेदवारका लागि भोट मागिरहेका छन् । प्यानल बनाएर प्रचारप्रसार गर्न नपाइने भएपछि प्रत्येक उम्मेदवारले व्यक्तिगत रूपमा मत मागेका छन् ।


Author

थप समाचार
x