कर्णाली

कर्णाली प्रदेशले इजरायलमा मृत्यु भएका परिवारलाई तीन लाख दिने

इकागज |
असोज २४, २०८० बुधबार १५:३० बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख प्रदान गर्ने घोषणा गरेको छ । कर्णाली प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । 

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोज महिनामा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका कर्णाली प्रदेशका कृषकहरुको राहतका लागि रु.छ करोड बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले जानकारी दिए । बालीनाली तथा पशुपंक्षीमा क्षति भोगेका कृषकहरुलाई सरकारले राहत प्रदान गर्ने जिसीले जनाए ।


प्रवक्ता जिसीका अनुसार आजको बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाको लागि रु.पन्ध्र लाख अनुदान सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 
 


Author

थप समाचार
x