कर्णाली

भूकम्पमा बाँचेकी सुत्केरी शर्मिलालाई चिसोले बचाएन्

इकागज |
मंसिर ११, २०८० सोमबार ९:२० बजे

जाजरकोट- भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए । 


नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने 'घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।' चदाराले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । रासस


Author

थप समाचार
x