कर्णाली

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:० बजे

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलवार सुर्खेतमा प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।


शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गा रावत रहेका छन् । यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् ।

यता कृषि मन्त्रीमा नियुक्त भएका विनोदकुमार शाह भने शपथ ग्रहण बहिष्कार गरेका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाउँदै आएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेका हुन् । 


Author

थप समाचार
x