कर्णाली

सर्पले डसेको बिरामीको मृत्युपछि सडक अवरूद्ध

इकागज |
जेठ १४, २०८१ सोमबार १३:१७ बजे

काठमाडौँ- सुर्खेतमा सर्पले डसेर मृत्यु भएपछि सडक अवरूद्ध पारेका छन् । सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको सर्पले डसेर मृत्यु भएपछि छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका हुन् ।

चुनारालाई सर्पले डसेपछि मेहलकुना अस्पताल भर्ना गरिएको थियो । मेहलकुनाले चुनारालाई उपचारका लागि अन्तै रिफर गरेको थियो । उनलाई वीरेन्द्रनगर ल्याउने क्रममा शनिबार बोटोमै मृत्यु भएको थियो । स्थानीय प्रतिनिधि र मृतकका आफन्तहरूसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको स‌ञ्चार शाखाले जनाएको छ ।


मृतकका आफन्तहरूले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि सडक अवरूद्ध गरेका हुन् । उनीहरूले शनिबार राति मेहलकुना अस्पतालसमेत तोडफोड गरेका थिए ।


Author

थप समाचार
x