Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कर्णाली

सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

इकागज |
जेठ १७, २०८१ बिहीबार ७:४१ बजे

सांकेतिक तस्बिर

काँक्रेविहार (सुर्खेत)- सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने  दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ ।


दुर्घटनाको विस्तृत विवरण प्राप्त भइ नसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।


Author

थप समाचार
x