कर्णाली

सुर्खेत जीप दुर्घटना : मृतकको संख्या चार पुग्यो

इकागज |
जेठ १७, २०८१ बिहीबार १०:७ बजे

सुर्खेत- सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो । 


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

र, यो पनि


Author

थप समाचार
x