कर्णाली

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

इकागज |
साउन १, २०८१ मंगलबार ६:४४ बजे

मान्म (कालीकोट)- कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन् ।

खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए । “प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्”, उनले भने, “स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ ।” 


वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन् । रासस


Author

थप समाचार
x