विश्व

भारतमा चट्याङले १२ को मृत्यु

इकागज |
जेठ ५, २०८१ शनिबार ६:४३ बजे

नयाँदिल्ली- भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।


अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x