कर्णाली

‘हेलो सिएम’को प्रभावकारितामाथि प्रश्‍न, गुनासाे गर्नेको संख्‍या बर्सेनि घट्दै

जितेन्द्र थापा |
भदौ ७, २०७८ सोमबार ११:८ बजे

सुर्खेत - कर्णाली प्रदेश सरकारले स्थापना गरेको ‘हेलो सिएम’(हेलो मुख्यमन्त्री)  कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ । हटलाइन सेवामा प्रत्येक वर्ष गुनासो बढ्नुको साटो घट्दै गएपछि प्रभावकारितामाथि प्रश्‍न उठेको हो । तीन वर्षअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालिकोटका प्रेम सार्की र रुकुमपश्चिम मुसिकोट नगरपालिकाका दिपक बाठाँ मगरको प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका थिए । 

हेलो मुख्यमन्त्री कक्ष उद्घाटन भएपछि धेरै गुनासो आए । तर, पछिल्लोसमय गुनासो आउनेक्रम घट्दै गएको छ । सरकार गठन भएकै वर्ष हेल्लो मुख्यमन्त्री  प्रत्येक वर्ष पाँच लाख छुट्याइन्छ  । तर त्यो रकम बालुवामा पानि खन्याए जस्तै भएको नागरिकको गुनासो छ । 


आफूले पहिलो वर्ष खानेपानी सम्बन्धी रहेर हेल्लो मुख्यमन्त्री हटलाइन कक्षमा गुनासो राखे तर अहिलेसम्म समाधान नभएको दैलेखकका हरि भण्डारी बताउँछन् । मुख्यमन्त्री हटलाइन सेवा सुरु भएपछि अब हाम्रा पनि समस्या समाधान हुने भए भनेर आशा जागेको थियो,’उनले भने,‘हटलाइन सेवा सुचारु भएको केही दिनमा दैलेखबाट खानेपानी सम्बन्धी गुनासो राखेको थिए, अहिलेसम्म सुनुवाई भएन ।’

हटलाइन सेवा प्रभावकारी नहुँदा गुनासो घटदै 
मुख्यमन्त्री हटलाइन कक्ष सुचारु भएको वर्ष १६० वटा गुनासो आएका थिए । पहिलो वर्ष १६० वटा गुनासो परेकोमा त्यो क्रम घट्दै २७ मा झरेको छ । पछिल्लो समय गुनासो आउनेक्रम घट्दै गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रविधि तथा समन्वय शाखा अधिकृत ज्योती शाहीले जानकारी दिइन् ।  हटलाइन सेवा संचालन भएको पहिलो वर्ष १६० वटा गुनासो परेका थिए, अहिले कमै मात्र गुनासो आउछन्,’उनले भनिन् । ‘पछिल्लो समय कोभिड महामारीले पनि गुनासोमा कमै आएका होलान् ।’

गत आर्थिक वर्षमा २७ वटा मात्र गुनासो परेका सम्बोधनका लागि सम्बन्धित निकायमालेखि पठाउने गरिएको र प्रदेश सरकार मातहतका कार्यालयमार्फत सम्बोधन गर्न सकिने गुनासोको सम्बोधन भइरहेको शाहीको भनाइ छ । गत वर्ष (०७७/७८) मा आएका गुनासो मध्य २५  गुनासो सम्बोधन भइसकेका र दुईवटा बाँकी रहेको उनले बताइन् । 

मुख्यमन्त्री रोजगार सम्बन्धी धेरै गुनासो परेका छन् । जस्मा १४ वटा गुनासो रहेका छन् । त्यस्तै काभिड व्यवस्थापन सम्बन्धी, विपद, विभिन्न मन्त्रालयका गतिविधि र कार्यक्रमसमबन्धी, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, अनियमितता सम्बन्धी गुनासो आउने गरेको मुख्यमन्त्री तथा मन्‍त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

हेलो मुख्यमन्त्री हटलाइन सेवा अन्तरगत १०९६ नम्बर व्यवस्था गरिएको छ । जनस्तरबाट आएका गुनासो तथा सुझावलाई उक्त हटलाइन सेवामार्फत सम्बोधन गर्ने उद्देश्यका साथ स्थापना गरिएको सेवा प्रवाभकारि नभएको नागरिकको गुनासो छ । 

पहिलो वर्षमा १६० गुनासो मध्ये १५२ गुनासोको फछ्र्यौट गरिएको थियो आएको गुनासो सम्बोधन गर्नेक्रममा अनुगमन हुन नसक्दा यस्बाट सम्बन्धित सेवाग्राहीको गुनासो सुनुवाई हुन नसकेको सरोकारवाला बताउँछन् । 


Author

थप समाचार
x