सुदूरपश्चिम

लुम्बिनीको योजनालाई सुदूरपश्चिम प्रदेशको बजेट

इकागज |
असार १०, २०७९ शुक्रवार १३:२ बजे

कैलाली- सुदूरपश्चिम सरकारको भर्खरै ल्याएको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि समेत बजेट बिनियोजन गरेको पाएको छ । प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० लुम्बिनी प्रदेशका योजनासमेत समेटिएको पाइएको हो ।

प्रदेश सरकारको बजेटमा दाङको लमही नगरपालिका-९ स्थित सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो । सिरिग्ङी खोला र काली खोलामा तटबन्ध निमार्णका लागि १०/१० लाख रुपैयाँ बजेट छुट्याइएको पाइएको छ ।


यस्तै दाङकै रजापुर गाउँपालिका-७ गिठुवा टोलमा राप्ती नदी नियन्त्रणका लागिसमेत सुदूरपश्चिम प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको थियो ।


Author

थप समाचार
x