सुदूरपश्चिम

दार्चुलामा विपत पूर्व तयारी कार्यशाला गोष्ठी सम्पन्‍न

इकागज |
मंसिर १३, २०७९ मगलवार १६:२६ बजे

दार्चुला- दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा स्थानीय तहको शिक्षा क्षेत्र र विद्यालयका लागि विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

दार्चुलाका १० वटा विद्यालयका २० जना शिक्षक र २ वटा स्थानीय तह महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका २/२ जना गरी जम्मा २४ जनालाई  उक्त कार्यशाला गोष्ठीमा सहभागी गराएर प्रशिक्षण दिइएको प्रदेश समन्वय संयोजक हर्क ऐरले बताए। उनले भने 'दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिका पनि विपत युक्त क्षेत्र भएकाले कार्यक्रममा बोलाइएको हो ।' उक्त कार्यक्रम मंसिर ११ गते देखि १३ गते सम्म सञ्‍चालन भएको हो ।


यो कार्यक्रमबाट जिल्लामा देखिएको विपत पूर्व तयारी र विपत आएपछि के कस्तो तरिका अपनाउने भन्ने सम्बन्धमा तीन दिने गोष्ठी सञ्‍चालन गरिएको सूचना अधिकारी खडक बिकले जानकारी दिए । 

युनिसेफ नेपालको आर्थिक सहयोग र मर्सीकोर नेपालको प्राबिधिक सहयोगमा सामुदायिक विकास केन्द्र  डोटीको समन्वयमा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।  

मर्सिकोर नेपालको तर्फबाट रुपा श्रेष्ठ ,प्रशिक्षक लोकेन्द्रप्रसाद भट्ट , प्रदेश संयोजक हर्क ऐर,सूचना अधिकारी खडक बिकको सहभागिता रहेको थियो । 
तीन दिनसम्म जिल्लामा सञ्‍चालित कार्यशाला गोष्ठीले विद्यालय र स्थानीय तहलाई शिक्षा क्षेत्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य निर्माणमा थप सहयोग पुग्ने छ । यी कार्यक्रमहरू सुदूरपश्चिम् प्रदेशको दार्चुला ,बझाङ ,डोटी र कन्चनपुर गरी चार वटा जिल्लामा सञ्‍चालित रहेको प्रदेश संयोजक हर्क ऐरले जानकारी दिए ।


Author

थप समाचार
x