सुदूरपश्चिम

अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख चन्द पक्राउ

इकागज |
माघ १८, २०७९ बुधबार ८:५ बजे

धनगढी- कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।


उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x