सुदूरपश्चिम

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

इकागज |
चैत ७, २०७९ मंगलबार ८:३ बजे

कैलाली- सोमबार साझ जोशीपुर गाउँपालिका ७ हजारीबारामा सुगरखालबाट भजनीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् ।

से १ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई  पल्टिँदा ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने वर्ष १४/१५ की चाहना चौधरी र सोही ठाउँकी ४५/४६ वर्षकी दिल रानी चौधरी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा घाइतेमध्ये चाहना र दिलरानीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

अन्य घाइतेको घोडाघोडि अस्पताल सुखड र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भैइरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x