सुदूरपश्चिम

सुदूरपश्चिममा एकैदिन २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
चैत २३, २०७९ बिहीबार १८:२१ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सात सय ८० जनामा एन्टिजेन विधिबाट कोभिड-१९ को नमुना परीक्षण गरिएकोमा २१ जनामा र २४ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १८जना कैलालीका, चार जना बैतडीका र दुई जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ। यश अघि हिजो मात्रै प्रदेश भरिमा १८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।



Author

थप समाचार
x