सुदूरपश्चिम

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरीकाे मृत्यु

इकागज |
साउन १५, २०८० सोमबार ९:५३ बजे

कैलाली । कैलालीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।


कठायतले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकलमा पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था समेत गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको बताउँदै ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।


Author

थप समाचार
x