सुदूरपश्चिम

‘एमालेले सुदूरपश्चिम सरकारबाट मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिन्छ, नदिए कारबाही गर्छ’

नवराज पनेरु |
जेठ ९, २०७८ आइतबार १५:१९ बजे

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन् । अध्यक्ष थापाले माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन् । 

‘सुदूरपश्चिम प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो,’ उनले भने, ‘आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अहिलेको मन्त्रिमण्डलमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।’ 


सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । अध्यक्ष थाापका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । 


Author

थप समाचार
x