सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउँदै

इकागज |
मंसिर २२, २०८० शुक्रबार ६:५७ बजे

फाइल तस्बिर

धनगढी- कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आजदेखि सुरू हुँदैछ ।

पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।


महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ काठमाडौँ फर्किनेछन् ।

व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।


Author

थप समाचार
x