सुदूरपश्चिम

प्रदेश प्रमुख मियाँद्वारा कार्यभार ग्रहण

इकागज |
चैत २, २०८० शुक्रबार १९:५२ बजे

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार सम्हालेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उनले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएका मियाँ पहिलो प्रदेश प्रमुख हुन् । सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।


नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका पूर्वअध्यक्ष मियाँ अर्घाखाँची निवासी हुन् ।


Author

थप समाचार
x