सुदूरपश्चिम

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

इकागज |
चैत १२, २०८० सोमबार १०:५२ बजे

सांकेतिक तस्बिर

अछाम- अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन । 


घाइते भएका दुई जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।


Author

थप समाचार
x