सुदूरपश्चिम

नाउपाका कैलाश चौधरीले पनि पेस गरे मुख्यमन्त्रीमा दाबी

इकागज |
बैशाख २, २०८१ आइतबार १६:५५ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेस गरिएको छ ।

केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रूपमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यसअघि आजै नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।


सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।


Author

थप समाचार
x