सुदूरपश्चिम

डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

इकागज |
जेठ २३, २०८१ बुधबार १०:५३ बजे

सांकेतिक तस्बिर

डोटी- दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।


दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जीपमा चालकसहित नौ जना सवार थिए । 


Author

थप समाचार
x