सुदूरपश्चिम

असईं हत्या : कैलालीमा काजमा खटाइए एसपी देउवा

नवराज पनेरु |
कात्तिक ३, २०७७ सोमबार १६:३४ बजे

नवराज पनेरु
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलीप देउवालाई खटाइएको छ । दंगा नियन्त्रण प्रहरी कार्यालय कञ्‍चनपुरमा कार्यरत एसपी देउवालाई सोमबारदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिए । 

अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा खटाइएको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामवहादुर साउद अझै बेपत्ता छन् । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कोभिड-१९ संक्रमण भएपछि काठमाडौंमा छन् । जबरा काठमाडौँ गएपछि प्रहरी नायव उपरीक्षक प्रतिक विष्टलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।



Author

थप समाचार
x