सुदूरपश्चिम

बर्खास्तमा परेपछि पूर्वमन्त्री बोहराले भने, ‘जगको ढुङ्गा निकाल्ने काम भयो’

नवराज पनेरु |
पुस १७, २०७७ शुक्रबार १५:३८ बजे

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा

धनगढी : सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले आफूलाई विनाकारण मन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त गरेपछि धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमन्त्री बोहराले यस्तो बताएका हुन् । 

‘मलाई जिम्मेवारीबाट हटाइएको औपचारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन्,’ बोहराले भने, ‘सञ्चारमाध्यमबाट बर्खास्तमा परेको खबर पाएको हुँ । तर अहिलेसम्म जिम्मेवारीबाट हटाउनको कारणबारे मलाई भनिएको छैन्,’ उनले भने । 


उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफूले गरेको कामकै कारण प्रदेश सरकारको शीर उचो भएको बताउँदै भने, ‘मलाई मन्त्री पदबाट हटाएर जगको ढुङ्गा निकाल्ने काम भएको छ । त्यो समयले पनि देखाउने छ ।’ 

उनले मुख्यमन्त्री भट्टको पद समेत धरापमा परेको बताउँदै विपक्षी दलहरूसंग मिलेर अगाडि बढ्ने बताए । बोहरा काठमाडौँमा हुँदा पुस १४ गते मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री बोहरालाई बर्खास्त गरेका थिए । अहिले उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले लिएका छन् ।


Author

थप समाचार
x