सुदूरपश्चिम

‘प्रधानमन्त्रीज्यू ! उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’

नवराज पनेरु |
पुस २४, २०७७ शुक्रबार १६:४२ बजे

कैलाली :विवेकशिल साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनगढीमा शान्तिपूर्ण विरोधसहित स्वागत गरेको छ । विवेकशिल साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट साँझा युवा संगठनले विरोधसहित स्वागत गरेको हो । संगठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोधसहित स्वागत गरेको हो । बेलुनमा ‘प्रधानमन्त्रीज्यू, उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’ लेखिएको थियो । 


कोरोना संक्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमबासी उत्ताउला भएको र उनीहरूकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको प्रतिक्रिया दिएका थिए । उक्त अभिव्यक्तिको सुदूरपश्चिममा आलोचना भएको थियो । यस्तै अनेरास्ववीयूले पनि धनगढीमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको छ । धनगढीको दुई स्थानमा कालो झण्डा देखाइएको हो ।

 


Author

थप समाचार
x