सुदूरपश्चिम

अनेरास्ववियू कैलालीको बयलगाडा र्‍याली, ‘म त लागे है अमेरिका’

नवराज पनेरु |
पुस २६, २०७७ आइतबार १६:१० बजे

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियू कैलालीले बयलगाडा र्‍याली निकालेको छ । ‘म त लागे है अमेरिका’ भन्दै र्‍याली निकालिएको हो । नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् ।


धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । २०६२/०६३ सालको जनआन्दोलनतामा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए ।


Author

थप समाचार
x