सुदूरपश्चिम

डोटीमा ११ सय ग्राम सुन र साढे १७ लाख नगद बरामद

नवराज पनेरु |
माघ १४, २०७७ बुधबार १६:२० बजे

प्रतिकात्मक तस्वीर

कैलाली : डोटी प्रहरीले एक किलो भन्दा बढी सुन र साढे १७ लाख नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका–६ भिताणीमा लुकाएर राखिएको सुन र १७ लाख ४७ हजार नगर बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले नगद बोकेर तराई जाने क्रममा वृद्ध महिला काली भुललाई पक्राउ गरिएको बताए । उनकाअनुसार सोधपुछका क्रममा घरमा ठूलो परिणाममा सुन रहेको खुलेपछि घरबाट ११ सय ग्राम सुन बरामद गरिएको हो ।


प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले भदौमा ठूलो परिणाममा सुन पठाएका थिए । तर सुन पठाउने ब्यक्ति गाउँमा छैनन् । सुन अन्य ब्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशंका गरिएको छ ।


Author

थप समाचार
x