सुदूरपश्चिम

कैलालीमा युवती मृत्यु प्रकरण : कार्यवाहक वडाध्यक्ष पक्राउ

नवराज पनेरु |
माघ २५, २०७७ आइतबार १७:२९ बजे

धनगढी : कैलालीमा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

२२ वर्षीया प्रेमिका सञ्‍जिता चौधरी वडाध्यक्षको कोठामा मृत फेला परेपछि सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । युवती चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा मृत फेला परेकी थिइन् । 


कोठाको बाहिरबाट ताल्चा लगाइएको थियो । वडाध्यक्ष र युवतीबीच प्रेम सम्बन्ध रहेको मृतकका आफन्तले बताएका छन् भने वडाध्यक्ष चौधरीले भने केही समयअगाडि छुट्टै युवतीसंग विवाह गरेका थिए । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


Author

थप समाचार
x