सुदूरपश्चिम

भागरथी हत्या प्रकरण : कञ्‍चनपुरबाट एक जना पक्राउ

नवराज पनेरु |
फागुन ४, २०७७ मंगलबार १५:२० बजे

बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्ट ।

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको कञ्चनपुर प्रहरी स्रोतले जनायो । 

पक्राउ परेका पुरुष सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् भने उनको घर दोगडाकेदार गाउँपालिका नै हो । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर आएका थिए ।


यता प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गरिने बताए । उनले भने, ‘हामी हत्याराको नजिक पुगिसकेका छौ । विधिविज्ञान प्रयोगशालामा पठाएको तथ्यको रिपोर्ट पनि आउँदैछ । छिट्टै सार्वजनिक गर्छाै ।’ 

सिंहले यसै साताभित्र भागरथी प्रकरणमा प्रहरीले सफलता पाउने विश्वास व्यक्त गरे । उनका अनुसार डेढ दर्जन संग्दिध व्यक्तिमाथि प्रहरीले निगरानी राखेको छ । दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्ट २१ मघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । 
 


Author

थप समाचार
x