सूचना-प्रवधि

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

इकागज |
चैत २०, २०८० मंगलबार १६:४७ बजे

काठमाडौँ- प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा आयोजना भएको विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजले पनि रिरि प्रदर्शन गर्ने मौका पाएको हो । 

विश्वभरका इन्डष्ट्री लिडर, उद्मयी र इन्नोभेटरको बीचमा नेपाली एआई प्रडक्ट रिरि प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको प्रिक्सा टेक्नोलोजीजजका निर्देशक अनिरूप घिमिरेले बताए ।


‘वेब समिट कतारमा नेपालमै बनेको एआई रिरि शोकेस गर्नु पाउनु नेपालको लागि गर्वको विषय हो,’ उनले भने, ‘यसले एआईको भविष्यलाई एउटा आकार दिन र एआई प्रविधिको सबैको पहुँचमा पुर्‍याउने प्रिक्साको प्रतिबद्धतामा थप हौसला मिलेको छ ।’

उक्त समिटमा रिरिलाई अवलोकनकर्ताको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । समिटमा प्रिक्साबाट निर्देशक अनिरूप घिमिरे र मार्केटिङ प्रमुख राजन काफ्लेले प्रतिनिधित्व गरेका थिए । 

रिरि नयाँ पुस्ताको एउटा कन्भरसेसनल एआई हो । यसमा प्रयोग भएको नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङ एल्गोरिदमले कठिन प्रश्नहरू बुझेर प्रतिक्रिया प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ । रिरिले प्रयोगकर्ता अनुसार कुराकानीको शैली परिवर्तन गर्न सक्छ ।


Author

थप समाचार
x