सूचना-प्रवधि

फेसबुकबाट यसरी गर्न सकिन्छ आम्दानी

इकागज |
असोज २४, २०७८ आइतबार ६:३६ बजे

काठमाडौं - फेसबुक विश्वमा सबैभन्दा बढी रूचाइएको सोसल साइट हो । नेपालमा पनि फेसबुक नचलाउने सायदै होलान् । धेरै मानिसहरूलाई फेसबुकबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने जानकारी नहुँन सक्छ । आज हामी तपाईलाईं यस आर्टिकलमार्फत फेसबुक पेजबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिदैंछौं । फेसबुकमार्फत कसरी पैसा कमाइन्छ भन्ने सबैलाई जानकारी हुँदैन। प्राय यसका प्रयोगकर्ताहरूले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन् । त्यसैले आफ्नो व्यापार व्यवसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरूले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरी प्रचार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन् । जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यस्ता पोस्ट नै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।


तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ। यहाँ तपाईंलाई कसरी यसबाट पैसाकमाउने बारेमा जानकारी दिइएको छ ।

१. आफ्नो फेसबुक पेज खोल्नुहोस् र त्यसमा पब्लिशिङ्ग टुलमा जानुहोस् जुन तपाईंको पेजको साइडमा देख्न सक्नुहन्छ वा सिधै फेसबुक क्रियटर्स स्टुडियोमा जानुहोस । त्यसपछि तपाईंको सामु तपाईं एडमिन भएका पेजहरू देखिन्छन । तपाईंले कुन पेजमा इन्टान्ट आर्टिकल एप्रुभ गराउने हो त्यस पेजलाई छान्नुहोस् ।

२. अब तपाईंको सामु बिभिन्न विकल्पहरू देखा पर्छन जस्तै तपाईंले फेसबुकको पोलिसहरू पढेर कन्फर्म गर्नुहोस । पोलसी र भएका सबै एग्रिमेन्टहरू कन्फर्म गरेपछि बाँकी रहेका अरू अप्सनहरू जस्तै साइट लिङ्क राख्नुहोस ।

३. रिभ्युकालागि तपाईंका साइटका १० ओटा आर्टिकल हुनुपर्ने हुन्छ र यी आर्टिकलहरू कतैबाट कपि भएको हुनुहुँदैन भने आर्टिकल करिब तीन सय भन्दा बढी शब्दको हुनुपर्छ ।

४. अब तपाईंले कमाउनु भएको पैसा प्राप्तिका लागि बैंक विवरण भर्नुहोस ।

अब आफ्नो साइट र पेज फेसबुक रिभ्युकालागि फेसबुक टिमलाई पठाउनुहोस् हाल कोभिड–१९ का कारणले गर्दा केहि हप्तापछि फेसबुकले एप्रभ भएनभएको सोही ड्यासबार्डमा जानकारी दिनेछ ।

याद राख्नुहोस तपाईंको साइटमा एक महिनामा १५ हजार भन्दा माथि फेसबुकबाट ट्राफिक गएको हुनुपर्दछ अन्यथा फेसबुकले तपाईंको साइडलाई मिनिमल रिडरसिपमा राख्नेछ। यसरी तपाईंले सामान्य तरिकाले घरबाटै केही मेहनत गरेर फेसबुकबाट आम्दानी गर्न सक्नुहुनेछ ।


Author

थप समाचार
x