डिफेन्स

ढकाल र खड्काले पाए दर्ज्यानी चिन्ह

इकागज |
मंसिर ५, २०७७ शुक्रबार १६:१४ बजे

काठमाडौं : उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्काले दर्ज्यानी चिन्ह पाएका छन् । उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । ढकाल र खड्का बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट उपरथीमा पदोन्नति भएका हुन् । 

ढकाल र खड्काको पदस्थापन पनि भएको छ । ढकाललाई पूर्वी पृतना हेडक्‍वाटरको पृतनापति र खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको सैनिक मुख्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । 


कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा-सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो । 
 


Author

थप समाचार
x