डिफेन्स

शान्ति सेनाको डफ्फा बदलिँदै

इकागज |
मंसिर ५, २०७७ शुक्रबार १६:५० बजे

काठमाडौँ : कोभिड-१९ महामारीका बाबजुद पनि राष्ट्रसंघ अन्तरगतका शान्ति स्थापना कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ । राष्ट्रसंघीय नीति अनुरुप नै सेनाले त्यो कार्य गरिरहेको हो ।  यसरी नेपाली सेना मिसनमा जाने र अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिंदै पनि आएको नेपाली सेनाले जनाएको छ ।

पीसीआर परिक्षण र भौतिक दुरी कायम मात्र होइन अन्य सुरक्षा सतर्कता समेत पालना गराउँदै आउने जाने कार्य भैरहेको छ । शान्ति स्थापनार्थ लिवियामा स्पेशल गार्ड युनिट (शा.से.) तेश्रो डफ्फाका एक सय १३ नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् । 


उनलीहरूले हाल तैनाथ स्पेशल गार्ड युनिट (शा.से.) दोश्रो डफ्फालाईलाई बदली गर्ने नेपाली सेनाले जनाएको छ । उनीहरु सेनानीको कमाण्डमा त्यसतर्फ जाने गर्छन । त्यहाँ रहेको नेपाली सेनाको टोली शनिबार बिहान काठमडौं ओर्लने छ।

२ सय २८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागि गत कात्तिक तेस्रो साता एक टोली पुग्दै कार्यरतलाई बदली गरेको थियो । 


Author

थप समाचार
x