डिफेन्स

काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली

इकागज |
साउन ३१, २०८० बुधबार १७:३५ बजे

काठमाडौं - चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।

काठमाडौं आए लगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।


जङ्गी अड्डामा भएको उनीहरूबीच शिष्टाचार भेटघाटमा  दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।


Author

थप समाचार
x