डिफेन्स

मुलुक दौडाहमा प्रधान सेनापति थापा

इकागज |
मंसिर २४, २०७७ बुधबार २०:२८ बजे

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापा गण गुल्म र पृतनाको स्थालगत निरिक्षणको लागि मुलुक दौडाहमा छन् । उनी बुधबार पाँचथर पुगेका हुन् । उनले त्यहाँ भैरवीदल गण, ताप्लेजुङमा तैनाथ भिमकाली गुल्म, संखुवासभामा तैनाथ नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ पूर्वी पृतनाको निरीक्षण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले गण, गुल्म र पृतनाको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्तीबारेमा अन्तर्क्रिया र जानकारी हासिल गरेका छन् । उनले आफ्ना सकलदर्जालाई सम्बोधन गरेका थिए । उनले बिहीबार सैनिक अस्पताल, ईटहरीलगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरूको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । यसअघि उनी पश्‍चिमी भेगको भ्रमणमा थिए । पछिल्लो पटक विप्लव माओवादीको गतिविधी पूर्वमा बढ्दै गएको अवस्थामा सेना प्रमुखको भ्रमण पनि पूर्वतर्फ नै भएको छ ।   



Author

थप समाचार
x