डिफेन्स

दर्ज्यानी चिन्ह प्रदान

इकागज |
पुस १७, २०७७ शुक्रबार २०:२० बजे

काठमाडौं : उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा। देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
 जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा शुक्रबार उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान भएको हो । 

पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा। खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा(सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको छ । 
 



Author

थप समाचार
x