डिफेन्स

पृथ्वीनारायण शाह हिँडेको बाटोमा ‘रुमाले’ पदयात्रा

इकागज |
पुस २१, २०७७ मंगलबार १५:३४ बजे

काठमाडौँ : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौँ एकीकरण मार्ग यात्रा सुरू भएको छ । सहसेनानीको नेतृत्वमा ४० जनाको टोली त्यस यात्रामा सहभागि छन् । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्ने छन् । गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको ‘रुमाले’ पदमार्ग २६ कोषको छ । र्‍याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्ला संवद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । त्यहाँबाट हिँडेका भन्दा पनि बीचबीचमा झण्डा र टर्च हस्तान्तरण गरेर तीन टोली मार्फत काठमाडौँ आइपुग्ने हो । 


गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ । गोरखबाट हिँडेको टोलीले धादिङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ । धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं आइपुग्ने हो । 

उनीहरू पुस २६ मा काठमाडौँ आइपुग्नेछन् । २६ र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा टोली सहभागी हुनेछ । सरकारले पुस २७ मा विदा समेत नदिए पनि नेपाली सेनाले यस्तो पदयात्रा गत वर्ष देखि थालेको हो । 

सेनाको मुख्यालयमा पनि पृथ्वी नारायण शाहको प्रतिक छ । पदयात्रामा हिड्नेले राष्ट्रिय र सेनाको झण्डा, टर्च, बाटो खर्च (खाना) बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ । इतिहासको संरक्षण गर्न एकीकरण मार्गको पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले जनाएको छ । ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो, इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ,’ नेपाली सेनाले भनेकोछ । 

पृथ्वी नारायण शाहलाई साथ दिने तत्कालिन सेनाका गणमा गोर्खालीहरूको योगदान ठूलो रहेको बताइन्छ । पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको महत्वलाई कमजोर बनाउँदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्‍यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गोर्खाली फौजले १८०१ साल असोज १५ मा नुवाकोटमाथी विजयी गर्दै काठमाडौँ प्रवेश गरेर नेपाल एकीकरणको थप सफलता मिलेको भनिन्छ । त्यही एकिकरणले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य सेनाको छ । 

 


Author

थप समाचार
x