डिफेन्स

स्थानीय तहको चुनावको सुरक्षा योजना तयार गरिँदै

इकागज |
माघ १९, २०७८ बुधबार १६:१३ बजे

बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडाैँ – केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो । 

बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडी बढिने पनि उनले उल्लेख गरे।


उनले भने,‘समय समयमा यो बैठक बसिरहन्छ । यो बैठकले के गर्छ भन्दाखेरी अहिलेको समसामयिक सुरक्षास्थिति के छ, त्यसबारे छलफल गर्छ र त्यो बारेमा आजपनि छलफल भयो । अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ती इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो । र प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको रैछ । अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडव्याक लिएर अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । निर्वाचन केन्द्रीत सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो ।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।


Author

थप समाचार
x