डिफेन्स

स्थानीय तहको निर्वाचनको तयारीमा लाग्‍न एमालेकाे निर्देशन

जिल्ला अधिवेशन निर्वाचन पछि गर्ने निर्णय

इकागज |
माघ १९, २०७८ बुधबार १७:४३ बजे

काठमाडौँ – नेकपा (एमाले)ले आफ्नो पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी लाग्न निर्देशन दिएको हो ।  

‘बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ,’ एमालेले आफ्नो ट्वीटरमा लेखेको छ, ‘प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ ।’ 


स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको एमालेले जनाएको छ ।  त्यस्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पास भएको छ ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।  


Author

थप समाचार
x