डिफेन्स

चितवन, महोत्तरी र बर्दियाका एसपीको सरुवा

इकागज |
माघ २८, २०७८ शुक्रबार २०:३९ बजे

फाइल फोटो

काठमाडौँ : तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नेपाल प्रहरीले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुख परिवर्तन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका  प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा एसपी कृष्ण पंगेनी र बर्दियामा एसपी वीरेन्द्र शाहीलाई नयाँ जिल्ला प्रहरी प्रमुखका रुपमा पठाइएको छ । 

हाल कार्यरत चितवनका एसपी ओम अधिकारी, महोत्तरीका दिनेश आचार्य र बर्दियाका ईश्वर कार्कीको अरु ठाउँमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 



Author

थप समाचार
x